८ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ गते, पार्टी कार्यालयमै पीसीआर टेस्ट

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०७७, सोमबार १२:४४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पीसीआर टेस्टको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए । पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई पीसीआर टेस्ट गराउनु जारी विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।