October 24, 2020
4:19 AM | 9:04 AM

आईपिएल: बैंग्लोरको विजय सुरुवात

  22/09/2020 मा प्रकाशित

युएई । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजय सुरुवात गरेको छ । दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा १ सय ५३ रनमै समेटियो । उसका लागि इंग्लीश खेलाडी जोनी बेयरस्टोले ६१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलाडी पडीक्कलले ५६ रन जोड्दा डी भिलायर्सले ५१ रनको योगदान गरे ।

जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।

प्रतिक्रिया