७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी लगाएर डा. केसीलाइ जवरजस्ती ट्रमा सेन्टर लगियो

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७७, मंगलवार १०:३०

काठमाडौ । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका डाक्टर गोविन्द केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् । डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् । डा केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो ।

डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो । डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो । ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए ।

तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगेको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन नभएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । आफ्नो माग पुरा गर्न थप दवाव दिने भन्दै केसी काठमाडौं आएका हुन् ।