१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मन्त्रिपरिषद पुनर्गठनको जिम्मा ओली–प्रचण्डलाई

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७७, मंगलवार १०:३१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ६८ औं सचिवालय बैठकले पार्टी एकताकोका काम १० दिनभित्र सकाउने संवैधानिक निकायको पदपूर्तिको थालनी गर्न सकारलाई निर्दैशन दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले पार्टी एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

लामो समयदेखि रिक्त संवैधानिक परिषदमा नियुक्ति गर्न प्रकिया थाल्ने, परिषद्को बैठक छिटो राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ । बाँकी रहेका विविध एजेन्डामा दुई तीन दिन भित्र अर्को बैठक बसेर छलफल र निर्णय गर्ने सहमति पनि भएको श्रेष्ठले बताए ।

असोज ४ गते पेरिसडाँडामा सुरु भएको बैठक मंगलवार भने बालुवाटारमा बसेको हो । मन्त्रिपरिषद पुनरगठनका बिषयमा टुंगो लगाइने भनिए पनि ओली प्रचण्डबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइनसकेको बताइएको छ ।