४ बैशाख २०८१, मंगलवार
Follow Us

थप १ हजार ३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७७, मंगलवार ११:०२

काठमाडौं । नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । २४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ । र, सोही अवधिमा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२९ पुगेको छ ।