८ बैशाख २०८१, शनिबार
Follow Us

लिम्पियाधुरासहितको नक्सा छापिएका किताब वितरणमा रोक

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७७, बुधबार ०४:१०

काठमाडौं । आज बुधबार सबै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १–२ स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि देशका धेरै स्थानमा वर्षा जारी रहने तथा सबै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।