७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७७, बुधबार ०५:१४

काठमाडौं । कोरोना संक्रमणका कारण विराटनगरको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुषको मृत्यु भएको छ । झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको आज बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो । उनी असोज पाँच गते विराट मेडिकल कलेजमा भर्ना भएका थिए । उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो ।

त्यसैगरी बर्दियाका एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । कोहलपुरमा उपचारका क्रममा गएराति बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३१ पुगेको छ ।