१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्व साइकल सम्मेलन नेपालमा सम्पन्न

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०७७, बुधबार ०५:१७

काठमाडौं । विश्व साइकल फोरमको सम्मेलन भर्चुअल माध्यमबाट नेपालमा भएको छ । कोरोनाको महामारीका कारण सम्मेलन भर्चुअल मध्यमबाट भएको हो । सन् २०१८ मा विश्व साइकल फोरमको ९ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको थियो ।

विश्व भरका साइकलयात्री नेपालमा उपस्थित भएर सम्मेलन गर्ने कार्यक्रम भए पनि कोरोनाको कारण सो हुन सकेन । सम्मेलनमा नेपालका सहरलाई कसरी साइकल शहरको रुपमा विकास गर्ने भन्ने छलफल भएको थियो । नेपालमा भएको एशिया कै यो पहिलो सम्मेलन हो ।

पर्यटक आकर्षण गर्न साइकल संस्कृतिले कस्तो प्रभाव पार्छ भन्ने विषयमा समेत छलफल भएको थियो । विश्व साइकल फोरममा नेपालले सन् २०१८ मा सहभागीता जनाएको थियो ।

सम्मेलनमा पश्चिमा देशले साइकल संस्कृतिको कसरी विकास गरे, भारत, बंगलादेश, थाइल्यान्डमा साइकल अभियान कसरी अघि बढेको छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

नेपालको काठमाडौं उपत्यका, चितवन, बुटवल र कर्णालीमा कसरी साइकल अभियान अघि बढेको छ भन्ने विषयमा पनि छलफल भएको थियो । सम्मेलनको १०औं संस्करण अर्जेन्टिनामा हुनेछ ।