७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्याङ्जा पहिरो : १० जनाको शव फेला

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७७, बिहीबार ०५:५६

स्याङ्जा । केही दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जामा गएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो भने कालिगण्डकेही दिनदेखि परेको अविर वर्षाका कारण स्याङजाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका ९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ । त्यसैगरी कालिगण्डकी–४, गौतमडाडामा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विष्णु दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी उपचारका लागि पोखरा लगिएको छ । वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो ।