१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजदूत डा. सुवेदी सहित चार देशका राजदूतलाई निरन्तरता दिने सरकारको निर्णय

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७७, बिहीबार १३:०७

लण्डन । सरकारले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी सहित चार देशका राजदूतहरुलाई नयाँ राजदूत नियुक्ती नहुन्जेल सम्म सोही पदमा निरन्तरता दिने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको हो । राजदूत सुवेदीको ४ वर्षे कार्यकाल आगामी महिना सकिदैछ ।

कोरोना कहरकाबीच कतिपय देशका राजदूतहरुको समय अवधि पूरा भएको कारण सरकारले नयाँ राजदूत पठाउन समय लाग्ने भए पछि सरकारले अर्को नियुक्ती नभए सम्मका लागि बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापा, जर्मनीका रमेश प्रसाद खनाल, ब्राजिलका लागि राजदूत तारा प्रसाद पोखरेललाई निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि संसदीय सुनुवाइ समितिले बेल्जियम, जर्मनी र पाकिस्तानका लागि प्रस्तावित राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेको छ।

सरकारले भदौ १ गते बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूत पदमा सिफारिस गरेको थियो। उनीको नियुक्तीको प्रकृयामा रहेको छ ।

बेलायतको लागि नयाँ राजदूतमा हालका मुख्य सचिव लोकदर्शन र सचिवमा 
परराष्ट्र सचिव बैरागीको नाम चर्चामा छ ।