१२ बैशाख २०८१, बुधबार
Follow Us

बहराइनका राजकुमार लुक्लामा

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७७, बिहीबार १३:२३

काठमाडौ । हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमारको टोली बिहीबार सोलुखुम्बुको लुक्लामा पुगेको छ । छ हजार ११९ मिटरको उचाईं रहेको लुबुचे हिमाल आरोहण गर्न बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफाको १५ सदस्यीय टोली र तीन बेलायती नागरिकको टोली लुक्ला पुगेको हो ।

राजकुमारसहितका पाँच जना हेलिकप्टरबाट लुक्ला प्रस्थान गरेका हुन् भने टोलीका अन्य सदस्य, पथप्रदर्शक तथा जहाजबाट लुक्ला पुगेका छन् । टोली बिहीबार लुक्ला नजिक रहेको फाक्दिङमा बस्ने बताइएको छ । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

टोलीले नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति लिएको छ । भदौ ३१ गते नेपाल आएको टोली गोकर्ण फरेस्ट रिसोर्टको क्वारेन्टिनको बसाईंपछि कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि लुक्ला आएको हो । राजकुमारको टोली सेभेन समिट ट्रेक मार्फत ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ ।