१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए १३ औं युरोपेली बैठकलाई मनिषा कोइरालाले सम्वोधन गर्ने

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७७, बिहीबार १४:५८

लन्डन । एनआरएनए १३ औं युरोपेली बैठक तथा ११ औँ क्षेत्रीय महिला भेला र दोश्रो यूरोपेली ज्ञान सम्मेलनमा नायिका मनिषा कोइराला सहभागी हुने भएकी छन् ।
यही अक्टोबर ३ र ४ तारिखमा आयोजना हुन लागेको सो सम्मेलनलाई पर्यटन मन्त्री योगेश भट्टराई, शिक्षा मंत्री गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापा, नेकपा नेता गंगालाल तुलाधर, कांग्रेस नेता प्रकाशशरण महत लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ ।

“मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान नारा सहित आयोजना हुने सम्मेलनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले उक्त जानकारी गराएका हुन् ।

कोरोना महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने गैर आवासीय नेपाली संघले जनाएको छ । सम्मेलन अन्तर्गत महिला सम्मेलनमा समाजसेवी अनुराधा कोइराला, चर्चित नायिका मनिषा कोइराला, नेकपा सांसद तथा महिला नेतृ रामकुमारी झांक्री सहभागी हुने युरोप क्षेत्रकी महिला संयोजक योगिता थापाले जानकारी दिइन् ।

दोश्रो यूरोपेली ज्ञान सम्मेलनका संयोजक राजु अर्यालले ज्ञान सम्मेलनमा स्वास्थ्य र चिकित्सा, उर्जा र वातावरण, पूर्वाधार लगायतका ५ ओटा सत्रमा विभिन्न वैज्ञानिक कार्यपत्रहरु प्रस्तुत गर्ने बताए।
कार्यक्रममा एनआरएन युरोपका उपसंयोजकहरु मुक्त गुरुङ कृष्ण तिमल्सेना र शुक्रराज न्यौपानेले पनि आफ्ना भनाइहरु राखेका थिए।