१२ बैशाख २०८१, बुधबार
Follow Us

इफेल टावर हडताल पाँचौ दिनमा

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार ०४:२३

पेरिस । शनिबारदेखि पेरिसमा ‘फेस्टिभ सिजन’ सुरु भए पनि यहाँको प्रसिद्ध इफेल टावरमा मजदुर हडतालका कारण यस वरपरको क्षेत्र सुनसान बनेको छ । करिब ३०० कर्मचारीले टावर प्रशासनसँग पारदर्शीता र रणनीतिक निर्णय लिने कुरामा गरिएका वार्ता विफल भएको भन्दै हडतालमा उत्रिएपछि शनिबार पाँचौँ दिन टावर भ्रमणका लागि गन्तव्य बनाउने पर्यटक निराश भई फर्कनुपरेको छ ।
मध्य डिसेम्बरमा प्रतिदिन इफेल टावरको भ्रमण गर्न करिब छ हजार पर्यटक पुग्ने गर्थे । शनिबारदेखि पेरिसमा क्रिसमसको रमझम सुरु भए पनि इफेल टावरको हडतालका कारण कुनै पनि पर्यटक त्यहाँ जान सकेनन् । क्रिसमस पर्वका अवसरमा दैनिक करिब २० हजार आन्तरिक तथा बाह्य पर्यटकले टावरको भ्रमणका लागि पुग्ने गर्थे । पेरिसको शान मानिएको इफेल टावरको वर्षमा करिब ६० लाख मानिसले भ्रमण गर्ने गर्छन् ।