१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनापछि विदेशबाट ७६ हजार बढी नेपाली स्वदेश फर्किए

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार ०५:०८

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश फर्किएका छन् ।

कोरोना संकट व्यवस्थापन संञ्चालन केन्द्र ‘सिसीएमसी’का अनुसार बिहीबारसम्म विमानमार्फत् ३२ मुलुकबाट नेपाली स्वदेश फर्केका हुन् । स्वदेश फर्कनेमा सवैभन्दा बढी युएईबाट २२ हजार २ सय १४ जना रहेका छन् । सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् ।

त्यस्तै कतारबाट १० हजार तीन सय छ, कुवेतबाट ८ हजार ३ सय ३५, मलेसियाबाट ११ हजार ३ सय ५२, साउदी अरेबियाबाट ११ हजार ८ सय १९, दक्षिण कोरियाबाट १ हजार ४ सय ४७, बहराइनबाट १ हजार २ सय ७४, ओमनबाट १ हजार १ सय ५०, अष्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९ सय ३६ जना स्वदेश फर्केका छन् । स्वदेश फर्कने अधिकांश रोजगारीका लागि विदेश जानेहरु छन् ।