१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बार्सिलोनाले स्वारेजलाई गरेको व्यवहारप्रति मेस्सीको असन्तुष्टी

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार ०५:१६

एजेन्सी । लियोनल मेसीले बार्सिलोनाले राम्रा खेलाडीमाथि नराम्रो व्यवहार गरिरहेको भन्दै दुःख व्यक्त गरेका छन् । बार्सिलोनाबाट एथ्लेटिको मड्रिड गएका साथी खेलाडी लुइस स्वारेजप्रति समर्पित इन्स्टाग्राम पोस्टमा मेस्सीले उनीमाथि राम्रो व्यवहार नगरिएको बताएका हुन् ।

अहिलेको अवस्थामा बार्सिलोनामा जे पनि वा जस्तो व्यवहार पनि हुन सक्ने मेसीले उल्लेख गरेका छन । स्वारेजलाई अर्कै जर्सीमा देख्नु असमान्य हुने मेसीको भनाइ छ । एथ्लेटिको मड्रिडले स्ट्राइकर लुइस स्वारेजलाई प्रतिद्वन्द्वी क्लब बार्सिलोनाबाट दुई बर्षे सम्झौता गर्दै भित्राएको छ ।

३३ वर्षका स्वारेज सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका थिए । उनले बार्सिलोनाबाट एक पटक च्याम्पियन्स लिग तथा चार पटक लिगको उपाधि जितेका छन् । स्वारेजले बार्सिलोनाबाट २ सय ८३ खेलमा १ सय ९८ गोल गरेका छन् ।