११ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार ०५:१९

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सप्तरी र मकवानपुरका एक–एक जना पुरुषको उपचारको क्रममा धरान र चितवनमा मृत्यु भएको हो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सप्तरीको राजविराज नगरपालिका बडा नम्बर तीनका ६३ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

उनी बिराट मेडिकल कलेज बिराटनगरबाट उपचारका लागि असोज ८ गते अस्पतालमा भर्ना भएका थिए । मृतकमा कुनै दीर्घरोग देखिएको थिएन । त्यस्तै मकवानपुर हेटौंडा–९ घर भएका एक जना कोरोना संक्रमित ७४ वर्षीय पुरुषको उपचारको क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

श्वासप्रश्वास र निमोनियाको समस्या भएका कारण उनी असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनलाई शुक्रबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।