७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार ११:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११४७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कुल सङ्क्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ३४१ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

काठमाडौंमा ७२४ संक्रमित थप भए
उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा शनिबार ६० प्रतिशतभन्दा बढी संक्रमित देखिएका छन् । शुक्रबार उपत्यकामा मात्र ६४५ जनामा संक्रमण थप भएका थिए । काठमाडौंमा ५ सय ४५, भक्तपुरमा ५१ र ललितपुरमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उपत्यकाको तीन जिल्लामा बिहीबार ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण भएको थियो । काठमाडौँमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको थियो ।