१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहलाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०७७, शनिबार ११:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना संक्रमण भएको आफैले पुष्टि गरेकी हुन् । शाहलाई हिजो शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । शाहले अहिले आफू होम आइसोलेसनमा बसेको बताएकी छिन् । सामान्य थकाई र हल्का ज्वरो आए पनि अरु कुनै समस्या नभएको उनले जानकारी गराएकी छिन् ।