६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस नेतृ सुजाता क्यान्सरमुक्त

नेपालब्रिटेन डट कम्
३ पुष २०७३, आईतवार ०४:४९

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरमुक्त भएकी छन् । सिंगापुरमा उपचार गराइरहेकी कोइरालाले आइतबार फेसबुक स्टाटसमार्फत आफू क्यान्सरमुक्त भएको जानकारी गराएकी छन् । उनले फेसबुक वालमा लेखिएकी छन्–
‘समस्त शुभ चिन्तकहरुमा जय नेपाल
पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो । भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ ।
भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु । तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।
जय नेपाल’
उनी उपचारका लागि कार्तिक २८ गते सिंगापुर गएकी थिइन् । उनको उपचारमा सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । यो निर्णय केही समय चर्चाको विषयसमेत बनेको थियो ।