१६ चैत्र २०८०, शुक्रबार
Follow Us

घरबेटीहरुलाई सरकारको आग्रह

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७७, आईतवार ०५:२४

काठमाडौं । सरकारले डेरावाललाई बस्न नदिएर मानवीयता नगुमाउन घरबेटीहरुलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले बाहिरबाट आउने तथा काममा जानेलाई पिसिआर गर्नै पर्छ भनेर दबाब नदिन आग्रह गरेका हुन । पैसा तिरेर घरको गुजारा चलाइदिने डेरावाललाई अपमान भन्दा परिवारको सदस्यको व्यवहार गर्न पनि गौतमले अपिल गरे ।

प्रवक्ता गौतमले कसैले पनि बाहिरबाट आएको या संक्रमितको सम्पर्कमा पुगेको पाँच दिन नपुगी पिसिआर गर्न बाध्य पार्न नहुने स्पष्ट पारे । कोठा छिर्न दिन पिसिआर रिपोर्ट खोज्ने, काम गर्न जाँदा पनि पिसिआर गर्न भन्ने कुरा एकदमै गलत भएको उनको भनाइ छ । लामो यात्रबाट आएको भए दुई हप्तासम्म घरमा एक्लै बस्ने वातावरण बनाइदिन पनि घरभेटीलाई अपिल गरेका छन । स्वास्थ्य मन्त्रालयले परीक्षणका लागि टेकु अस्पतालमा लाइनमा नबस्न पनि आग्रह गरेको छ ।

सार्वजनिक यातायात चढेर कुनै ल्याबमा जचाउन जाँदा र लाइनमा बस्न जाँद संक्रमण सर्ने सम्भावना उच्च हुने प्रवक्ता गौतमले बताए । कोरोना परीक्षणका लागि सरकारले तोकेको दायरामा पर्नुपर्ने र परीक्षण टेकुबाहेक वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पनि निशुल्क हुने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।