१२ बैशाख २०८१, बुधबार
Follow Us

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७७, सोमबार ०२:४६

लण्डन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

ढकालले सोमवार विहान आफ्नो फेसबुक टाइमलाइन मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको भन्दै सबैलाई सजक रहन आग्रह गरेका छन् ।

ढकालले आफ्नो फेसबुक टाइमलाइनमा ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु, लेखेका छन्’

ढकाल प्यान सहित महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन् । महासंघले कार्य समिति बैठक समेत नबोलाई पदाधिकारीहरुको बैठकबाट एकतर्फी रुपमा साधारण सभा स्थगित गरे पछि ढकाल समूह असन्तुष्ट रहेको छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर महासंघको साधारण सभा गर्न सकिने विचार राख्दै आएका छन् ।