१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाइडेनको मानसिक अवस्था ठीक छैन : ट्रम्प

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७७, सोमबार ०४:१९

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनप्रति गम्भीर लाञ्छना लगाएका छन् । उनले औषधि प्रयोग गरेका कारण बाइडेनको मानसिक अवस्था ठीक नभएको आक्षेप लगाएका हुन् ।

ट्रम्पले मंगलबारको पहिलो बहस अघि वा पछि उनको स्वास्थ्य परीक्षण गरिनुपर्ने माग पनि अघि सारेका छन् । चुनावी अभियानमा रहेका बाइडेनको हाउभाउले परीक्षणको आवश्यकता देखाएको ट्रम्पको भनाइ छ ।

नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धी रहेका वाइडेनले आफूविरुद्ध देखाएको आक्रामक शैलीप्रति व्यंग्य गर्दै त्यस्तो माग राखेका हुन ।