७ बैशाख २०८१, शुक्रबार
Follow Us

थपिए १३५१ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७७, सोमबार ११:१०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

उपत्यकामा थपिए ८१७

कोरोना भाइरसका संक्रमित देशभर बढ्दै गर्दा काठमाडौं उपत्यकामा भने थेगिनसक्नु गरी संक्रमित बढिरहेका छन् । सोमबार उपत्यकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, चिकित्सक, बैंकका कर्मचारीहरुमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६४९ जना नयाँ संक्रमित थपिएका छन् । यसपछि ललितपुरमा १३२ जना संक्रमित थपिएका छन् । ललितपुरका लागि यो अहिलेसम्मकै उच्च संक्रमण हो । यसैगरी भक्तपुरमा भने ३६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । आइतबार काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।