१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७७, मंगलवार ०४:५५

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमण र मृत्युदर केही घट्दो देखिएको छ । हिजो भारतमा ६९ जना ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ । तीमध्ये ५० लाख ९८ हजार निको भएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४८ हजार छ । तीमध्ये नौ हजार गम्भीर विरामी छन । भारतमा मृत्युदर भने घटदो क्रममा देखिएको छ । दैनिक १ हजारको मृत्यु भैरहेकोमा हिजो ७ सय ७७ जनाको मात्रै मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण भारतमा ९६ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या ७३ लाख ६१ हजार छ । भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा संक्रमितको संख्या तीन करोड ३५ लाख ४६ हजार नाघेको छ । हालसम्म दुई करोड ४८ लाख ७६ हजार मानिस रोगमुक्त भएका छन । मृत्यु हुनेको संख्या १० लाख ६ हजार नाघेको छ ।