१४ बैशाख २०८१, शुक्रबार
Follow Us

थपिए १५१३ संक्रमित, कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७७, मंगलवार ११:४६

काठमाडौं । मंगलबार कोरोना भाइरसका १५ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरु थपिने क्रम मंगलबारपनि १ हजार भन्दा माथि नै देखियो । १० हजार ८९२ पीसीआर परीक्षणमा १५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । मंगलबार सक्रिय संक्रमितको संख्या २० हजार ३९६ जना पुगेका छन् । संस्थागत आइसोलेसनमा ९हजार ६८९ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा १० हजार८९१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

१० को मृत्यु
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।

२० हजार बढी सक्रिय संक्रमित
गएको २४ घण्टामा देशभरबाट ७ सय ३१ जना कोरोना मुक्त भएका छन् । मंगलबार ७ सय ३१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर २० हजार ३ सय ८९ सक्रिय संक्रमित रहेका छन् । यस्तै संस्थातग आइसोलेशनमा ९ हजार ६ सय ८९ र होम आइसोलेशनमा १० हजार ७ सय ७ जना बसेका छन् ।
मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ७२.६ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् । हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौका एक महिला र दुइ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।