October 24, 2020
4:11 AM | 8:56 AM

शेख नवाफ बने कुवेतका नयाँ राजा

  30/09/2020 मा प्रकाशित

कुवेती सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ वर्षको उमेरमा निधन भएपछि उनी नयाँ राजा चयन भएका हुन् ।

जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका शबाहको उपचारकै क्रममा निधन भएको हो । ८३ वर्षका शेख नवाफ अल–अहमद मृत्यु भएका शेखका सौतेनी भाइ हुन् ।

राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । सोही समयमा सौतेनी भाइ उत्तराधिकारी घोषित भएका थिए । शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनको उत्तराधिकारीको बारेमा छलफल हुनेछ ।

नयाँ राजा सामु तेल उत्पादनमा रहेको विरासतलाई कायमै राख्न चुनौती रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८० मा उनले आफु सहित अपहरण भएको विमान र यात्रु सकुसल रिहा गराएका थिए ।

प्रतिक्रिया