१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रेल सञ्चालनका लागि १२९ जनाको कोटामा ३२ हजारको आवेदन !

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७७, बुधबार १०:३५

जनकपुर । नेपाल रेल वे कम्पनी लिमिटेडले नेपालमा दोश्रो पटक रेलवे सञ्चालनका लागि माग गरेको १२९ जना कर्मचारीमा ३२ हजारले फारम भरेका छन् । कम्पनीले रेल वे सञ्चालनका लागि विभिन्न २९ पदमा १२९ कर्मचारिको माग गरेको थियो । तर , अनलाइनबाट फारम भर्नेहरुको संख्या ३२ हजार पुगेको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए ।

कम्पनीले स्टेशन मास्टरदेखि कार्यलय सहयोगी सम्मको आव्हान गरेको थियो । कम्पनीले असोज २ गते भारतबाट दुइ रेलहरु ल्याएको थियो । तर, आवश्यक कानुन नहुदा रेलहरुलाइ शनिबारनै भारत लगिएको थियो । अहिले भने रेललाइ इनर्वा स्टेशनमा राखिएको छ ।

‘कोरोनाका कारण बोर्डर क्रस रेल सञ्चालन गर्न समस्या हुनसक्छ। यद्यपी सिमा क्षेत्रसम्म भएपनि रेल सञ्चालन गर्ने तयारीमा जुटेको छौं’, महाप्रबन्धक भट्टराईले भन, ‘चाँडै रेल सञ्चालनमा आउनेमा ढुक्क भए हुन्छ।’

कम्पनीले आव्हान गरेको विज्ञापनमा १२९ जना कर्मचारी तर, आवेदन भने ३२ हजारले बुझाएका छन् । पहिलो चरणमा शैक्षिक योग्यता र अनुभवका आधारमा उपयुक्त उम्मेदवार चयन गरिने भट्टराइले बताए। लगत्तै अन्तर्वार्ता लिएर १२९ कर्मचारी नियुक्त गर्ने उनले जानकारी दिए ।