१३ बैशाख २०८१, बिहीबार
Follow Us

वामदेवको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ शुक्रबार

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७७, बुधबार १२:०२

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी, नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथिको सुनुवाइ शुक्रबारलाई सरेको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपछि उनी विरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले हेर्दा हेर्दैमा राखेको छ ।

आज निवेदकहरुका तर्फबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिप्रसाद उप्रेती, निवेदक स्वयं वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता पंकज कर्णले बहस गरेका थिए । त्यस्तै सरकारी वकिलका तर्फबाट बहस गर्न महान्यायाधिवक्ता अग्नि खरेल सहित चार जना सहभागी थिए ।

सरकारी वकिलपछि गौतमका वकिलहरुको बहस गर्ने पालो थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम संसद सदस्य बन्न अयोग्य रहेको दावी गर्दै रिट हालेका थिए । बहस हुँदाहुँदै समय सकिएपछि मुद्दा शुक्रबारलाई सरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए ।