१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आइपिएलका सट्टेबाज विराटनगरमा पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७७, बुधबार १२:२३

विराटनगर । इन्डियन प्रिमयर लिग (आईपीएल) को सट्टेबाज विराटनगरमा पक्राउ परेका छन् । विराटनगरका अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्‍न ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख उपरीक्षक सन्तोष खड्काले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा विराटनगर–१५ का ३८ वर्षीय सत्यजीत भन्ने मुन्ना साह, वैजनाथ साह र विराटनगर–१७ का ४२ वर्षीय जगदिश साह छन् ।

बेटिङमा प्रयोग भएको सामग्री मध्ये सत्यजीतबाट एक मोबाइल, एक ल्यापटप र ६० हजार रुपैयाँ, जगदिशबाट एक मोबाइल, एक मोटरसाइकल तथा वैजनाथबाट एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

दुबईमा १९ सेप्टेम्बरदेखि सुरु भएको आईपीएलको १३ औं संस्करणमा हिजो दिल्ली क्यापिटल्स र सनराइजर हैदरवादबीच प्रतिस्पर्धा भएको थियो । आज कोलकता नाइटराइर्सविरुद्ध राजसंस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछ ।