१५ चैत्र २०८०, बिहीबार
Follow Us

फेसमास्क नलगाएको अभियोगमा बेलायती प्रधानमन्त्रीका बुबालाई २ सय पाउण्ड जरिवाना

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७७, बुधबार २१:४६

लण्डन । बेलायती  प्रधानमन्त्री बोरिस जोन्सनका बुबालाई २ सय पाउण्ड जरिवाना गरिएको छ ।

उनलाई कोरोनाभाइरस नियम उल्लंघन गरेको र फेसमास्क बिना शपिंग गरेको भेटिए पछि उक्त जरिवाना गरिएको हो ।

७९ वर्षीय स्टेनली जॉनसन, जसले केही महिना अघि महामारीको यात्राको चेतावनीलाई बेवास्ता गर्दै ग्रीस उडेका थिए

उनी मंगलबार पश्चिम लन्डनको एउटा पसलमा अखबार किन्न पुगेका थिए ।

बेलायत सरकाले मानिसहरूलाई पसलमा र सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरेको छ ।

मास्क बिना रेडह्याण्ड समातिए पछि प्रधानमन्त्रीका बुबाले आफ्नो गल्ती स्वीकार गरेको बेलायती संचारमाध्यमले जनाएका छन् ।