६ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७७, बिहीबार ०३:५८

काठमाडौं । बुटवल र सुनसरीमा कोरोना भाइरस संक्रमणवाट एक–एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ८० वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो ।

मृतक बुटवल उपमहानगरपालिका आठ, सुख्खानगरका बासिन्दा हुन् । मृतक पुरुषमा १२ गते संक्रमण पुष्टि भएको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुष रहेका छन् । उनलाई बुधबार साँझ मात्रै अस्पताल भर्ना भएका थिए । योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या पाँच सय पुगेको छ ।