८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७७, बिहीबार ०५:५६

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूत नियुक्तको सिफारिस गरेको छ । मुख्यसचिवलाई बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको हो । उनले आजै बिहान मात्रै मुख्यसचिव पदबाट राजीनामा दिएका थिए ।

यसैगरी आजै बसेको मन्त्रिपरिषद्का बैठकले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।