८ बैशाख २०८१, शनिबार
Follow Us

१ हजार ९ सय ११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७७, बिहीबार १२:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

उपत्यकामा थप ९४३ जना कोरोना पुष्टि
काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् । बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९४३जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ जनाले ज्यान गुमाए
आज एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । आज मृत्यु हुनेहरुमा काठमाडौँ उपत्यकामा काठमाडौँका ७८ , ६८ वर्षीया दुइ पुरुष , भक्तपुरका ६८ वर्षीया पुरुष र ललितपुरका ४८ वर्षीया पुरुष रहेका छन् । यस्तै काठमाडौँ उपत्यका बाहिर मोरंगका ५६ , ५० र २७ वर्षीया तीन पुरुष , बाँकेका ३४ वर्षीया महिला र रुपन्देहीका ८० , ५५ , ४२ वर्षीया तीन पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ११ जना संक्रमितको निधन भएसंगै हाल सम्म ५ सय ९ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । यस्तै कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशतको मृत्यु भएको छ ।