१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७७, बिहीबार १२:०४

काठमाडौँ । बिहीबार ११ कोरोना संक्रमितले ज्यान गुमाए । त्यसमध्ये एकजना चिकित्सक थिए । ती चिकित्सक हुन्– कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटा ।भेरी अस्पताल बाँकेको आइसोलेसनमा उपचार भैरहेको बेला उनकाे मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएको छ ।

१४ दिनअघि कोरोना पुष्टि भएपछि ५९ वर्षीय चिकित्सक सापकोटा अस्पताल भर्ना भएका थिए । सापकोटाको उपचार प्लाज्मा थेरापी, रेमडिसिभिरसहितको उपचार विधिबाट गर्दा पनि बचाउन नसकेको चिकित्सकहरुले बताएका छन् । मृतक सापकोटा मधुमेहका बिरामी पनि थिए ।