१३ बैशाख २०८१, बिहीबार
Follow Us

लेवान्डोस्की यूईएफए प्लेयर अफ दि इयर

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७७, शुक्रबार ०५:३२

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । सन् २०१९-२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् ।

उनले म्यानचेष्टर सिटीका केभिन डी ब्रुएन, बायर्नकै गोलकिपर मानुएल नुएर पछि पार्दै अवार्ड जितेका हुन् । लेवान्डोस्कीले उत्कृष्ट फरवार्डको अवार्ड समेत समेत जिते ।

गत सिजन लेवान्डोस्कीले लिगमा ३४ र च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । बायर्नकै जोसुवा किमिचले डिफेन्डर र म्यानुएल नुएरले गोलकिपरतर्फको अवार्ड जिते । पुरुषतर्फको प्रशिक्षकको अवार्ड पनि बार्यनकै हान्सी फ्लिकले जिते । मिडफिल्डरको अवार्ड म्यानचेस्टर सिटीका केभिन डी ब्रुएनले हात पारे ।

चेल्सीका पूर्व फरवार्ड डिडियर ड्रोग्बाले यूईएफए प्रेसिडेन्ट अवार्ड जिते । महिलातर्फ ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड वल्फ्सबर्गका पेर्निल हार्डरले जितिन् ।