१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मानेलाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७७, शनिबार ०५:०५

लन्डन । इङ्गलिस फुटबल क्लब लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई सामान्य ज्वरोको लक्षण देखिएको र सेल्फ आईसोलेशनमा राखेर उपचार सुरु गरिएको क्लबले जनाएको छ ।

अफ्रिकी मुलुक सेनेगलका फरवार्ड मानेले बिविहार राति भएको आर्सनल विरुद्धको काराबाओ कपको खेल गुमाएका थिए । ५ दिनअघि प्रिमियर लिगको खेलमा भने उनले सहभागिता जनाएका थिए ।

यसअघि लिभरपुलका स्पेनिस खेलाडी थियागो अल्कान्तारालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी हाल आईसोलेशनमा रहेका छन् ।

प्रिमियर लिगले नयाँ सिजन सुरु भएपछि गरेको पछिल्लो कोरोना परिक्षणमा १० जनालाई संक्रमण पुष्टि भएको थियो । यो संख्या बेलायतमा लकडाउन खुलेपछि सुरु भएको फुटबल सिजनकै सबैभन्दा धेरै हो ।