७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा महिलाहरुको अवस्था देख्दा आत्महत्या गर्न मन लाग्छ : अनुराधा कोईराला

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७७, मंगलवार २०:४८

लण्डन । चेलीबेटी बेचबिखन रोकथामका क्षेत्रमा तीन दशकदेखि सक्रिय माईती नेपालकी अध्यक्ष तथा बाग्मती प्रदेशकी पूर्व प्रमुख अनुराधा कोईराला बोल्दा बोल्दै भक्कानिईन । उनको गला अबरुद्ध भयो ।

उनी केही छिन बोल्न नै सकिनन । उनका आवाज एकसुरले सुनिरहेकाहरु स्तब्ध भए । अधिकांशका गला कोईरालाको अझै अबरुद्ध भयो । धेरैलाई भावुक बनायो । आँखामा टिलपिल आँशु थिए, सबैका । कसैले आँशु लुकाउन सके । कसैले लुकाउन नै सकेनन ।

प्रसंग थियो, गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाको सभापतित्वमा सम्पन्न गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन तथा युरोप महिला फोरम बैठकको पहिलो दिन अक्टोबर ३ मा आयोजित देश विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको । भर्चुअल बैठकमा संसारभरीबाट सहभागीहरु जोडिएका थिए ।

भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री तथा सामाजिक अभियन्ता मनिषा कोईरालापछि आफ्ना कुरा राख्ने क्रममा आफूले देखेका र भोगेका कुरा राख्ने क्रममा उनको गला पटक पटक अबरुद्ध भयो ।

मैले १९९३ मा माईती नेपालको स्थापना गरेकी हु । आजसम्म हामीले ४४ हजार चेलीहरुको उद्दार गर्यौ । कतिलाई पुनस्र्थापना गर्यौ । कति चेलीहरु हामीसंगै छन् । उनीहरुलाई बिभिन्न पेशामा लगाएका छौ ।
गाउँगाउँमा गएर चेलीबेटी बेचबिखन गर्न हुदैन भनेर नाटक मार्फत सन्देश दिन्छौ ।

हाम्रो देशमा २६ वटा सरकारी नाका छन् । जसमध्ये १४ वटा नाकामा हाम्रो बहिनीहरु खटिएका छन् । त्यही नाकाबाट भारत लगेर बेचिएकी उनीहरुले बेचिनुको पीडा र बाटो भोगेका छन् । त्यही अनुभवका आधारमा उनीहरुले एउटा नाकामा दैनिक ५ देखि ६ जनालाई रोकेका छन् ।

३० वर्षको अबधिमा हामीले चेलीबेटी बेचबिखनमा संलग्न १८०० जनालाई जेलमा राखेका छौ । कानुन अनुसार २० वर्ष जेल सजाय हुनु पर्ने हो । तर कोही १८ वर्ष त कोही १६ वर्षको सजाय भोगिरहेका छन् । कानुन एकातिर छ । अनुराधा कोईराला अर्कोतिर बोल्छ । २० वर्ष होईन,उनीहरुलाई आजिवन जेल सजाय हुनुपर्छ ।

पहिले भारतबाट उद्दार गरेर ल्याइएकी चेलीहरुलाई गाउँमा बस्न दिदैनथे । अहिले हामीले उनीहरुलाई गाउँमै पसल खोलिदिएका छौ । उनीहरुको पसलमा मान्छेहरु चिया खान आउन थालेका छन् । समय परिवर्तन भएको छ ।

कानुनमा क्षतिपूर्तिको प्राबधान राखिएको छ। मलाई लगेर १३ वर्षको उमेरमा बेच्यो । उद्दार भएर फर्किदा मेरो उमेर २५ वर्ष भयो । बेच्ने मान्छेका बिरुद्ध उजुरी हाले । प्रहरीले उसलाई पक्राउ गरयो । जसले मेरो जिन्दगी बर्बाद गरिदियो । उ केही क्षतिपूर्ति र सजाय काटेर उन्मुक्ति पाउछ । के तीन लाख रुपैया क्षतिपूर्ति लिएर मेरो जिन्दगी बन्छ ? बन्दैन । मेरो जिन्दगी बिगार दियो । त्यसको क्षतिपूर्ति ३ र ४ लाख रुपैयाले हुन्छ । यो क्षतिपूर्ति पर्याप्त भएर भनेर कुरा वकिल साप र अरु संस्थाहरुले उठाईरहेका छन् ।

यो कोरोनाको बेला एउटा घट्ना देखेर मैले ३० वर्षमा केही पनि गरेन छु जस्तो लाग्यो । ८ जुनमा काठमाण्डौं पोष्टमा एउटा समाचार प्रकाशित भयो । जसमा नेपालमा महिला यौनकर्मीहरु खान नपाएर घरबाट निकालेर बेहाल भएको उल्लेख थियो ।

मैले समाचार लेख्ने पत्रकार भाईलाई बोलाएर सोधे–यस्तो कहाँ छ । उसले सबैतिर छ दिदी भन्यो । पछि त्यही भाईको सम्पर्कमा हामीले यौनकर्मी महिलाहरुलाई भेट्यौ । देशभरी रहेका हाम्रा कार्यालयबाट जिल्ला जिल्लामा त्यस्ता यौनकर्मीहरुसंग सम्पर्क गरयौ ।

पहिले बैदेशिक रोजगारी तथा भारत, अफ्रिका लगायतका मुलुकमा बेचिएका नेपाली चेलीहरुको उद्दार गथ्र्यौ ।

जुन महिनादेखि काठमाण्डौंबाट घरभाडा र खाने कुरा नभएर बिचल्लीमा परेका यौनकर्मीहरुलाई डेरा र खानाका लागि पैसा दिदै आएकी छु । साथीभाईहरुसंग मागेर उनीहरुलाई चामल, दाल ग्याँस, घर भाडा दिने गरेकी छु । उनीहरुलाई पाँच हजार घर भाडा र एक हजार दुई सय ग्याँस खर्च दिने गरेकी छु । चामल पनि दिन्छु ।

उनीहरुसंग कुरा गर्नु प¥यो भनेर काठमाण्डौंका यौनकर्मीलाई कार्यालयमा बोलाए । उनीहरुको हव गगंबु र रत्नपार्क रहेछ ।

एक जना बुढी कपाल फुलेकी महिला पनि त्यसै भीडमा आईन । मैले सोचे उनी आफ्नी छोरी वा कसैसंग आएकी होलिन । मैले सोधे तपाई कोसंग आउनु भएको ? तपाई चाही किन आएको ? एक जना बहिनीलाई सोधे उहाँ के तिम्रो आमा हो ? होईन, सबैले एकै स्वरमा भने, उसले पनि हामीसंगै रत्नपार्कमा काम गर्छे ।
होईन तपाईलाई कति वर्ष भयो भनेर सोधे– ६५ वर्ष, उनले जवाफ दिईन ।

अनि म उनीमाथि केन्द्रित भए । उनले आफ्नो व्यथा सुनाईन – म २० वर्षको उमेरको हुदा देखि यो पेशा शुरु गरेको । त्यतिबेला मैले एक हजार देखि पन्ध्र सय रुपैयासम्म कमाउथे । अव बुढो भईसकेपछि एक जना ग्राहक बराबर पाँच रुपैया लिन्छु ।

भन्नुस, अव तपाई हामीहरु जुममा कुरा गर्छौ । हामी ईम्पावर कि ? प्रयोग बिहीन नेपाली नागरिक ? तपाईहरु नै भन्नुहोस, हामी के हौ ? मैले ३० वर्ष चेलीबेटी रोकथाम र पुनस्र्थापनाका क्षेत्रमा काम गरे । मैले देश बाहिरका बच्चीहरुलाई उद्दार गरी ल्याए । पुनस्र्थापना गरे । तर देशभित्रका लागि केही पनि गर्न सकेको रहेनछु । महिला जहाँको त्यही रहेछन भन्ने लाग्यो । र मलाई बडा दिक्क लाग्यो । म खिन्न भए । ६५ वर्षको महिला देह व्यापारमा ? कस्तो ग्राहक आउछ भनेर सोधे–बच्चा पनि आउछ, बुढो आउछ भनेर उनले जवाफ दिईन ।

कहाँनिर यस्तो काम गर्नुहुन्छ भनेर फेरि सोधे । उनले जवाफ दिईन, रत्नपार्कमा । रत्नपार्कमा कहाँनिर ? मैले फेरि सोधे । खुला मञ्चमा सुत्छु । मेरो धन्दा, त्यही बीर अस्पताल अगाडि बाथरुम छ, त्यही गर्छु ।
उनको कुरा सुनेर म अवाक भए । मैले मेरो स्टाफहरुलाई भने । घरमा भने । म तीन दिन डिप्रेशनमा गए । सुसाईड गरौ कि लाग्यो । मैले यो ३० वर्षमा केही गरेको रहेनछु लाग्यो । त्यो उमेरको मान्छेको पनि देह व्यापार गर्नु पर्ने बाध्यता ? अझ अर्को कुरा थाह पाएपछि त म छाँगाबाट खसे झै भए । उनको हातमा औषधी थियो, त्यो पनि एचआईभीको । उनी दुई वर्षदेखि त्यो औषधी खाईरहेकी रहेछन् । र चकित पार्ने खालको कुरा त के थियो भने उनीसंग यौन सम्पर्क गर्ने बच्चा देखि बुढासम्म कसैले पनि कण्डम प्रयोग गर्दा रहेछन् । तिमी कहाँ आउनेले कण्डम लगाउछन त भनेर सोध्दा जवाफ पाए– कसैले लगाउदैन । उनीबाट कतिजनालाई एचआईभी संक्रमण भयो होला ? किन कोभिडका कुरा गर्ने ?

जुनदेखि अहिलेसम्म हामीले २०८५ जना यौनकर्मीहरुलाई बोलायो । अस्ती मात्र सय जना यौनकर्मी आएका थिए । उनीहरु मध्ये सबैभन्दा कम उमेरकी बच्ची १५ वर्षकी थिईन ।

मलाई उनीहरुको अवस्थादेखि म झुण्डिएर मरु कि रु के गरौ भयो रु मलाई सबै साथीहरुले काउन्सिलिङ गरे । र उनीहरु सबैले मलाई अलिअलि सहयोग गरे । सबैको सहयोगले मैले बिचल्लीमा परेका यौनकर्मी महिलाहरुलाई सके जति बाडिरहेकी छु ।

६५ वर्षीय ती महिलालाई मैले कमलादीमा डेरा लिएर राखेकी छु । उसलाई खानेबस्ने सबै कुराको व्यवस्था गरिदिए । उनले ४० वर्षपछि बेडमा सुत्न पाएकी छन् । उनले यतिका बर्ष बेडमा सुत्नसम्म पनि पाएकी थिईनन । यस्तो देशमा बसेर हामी महिला सशक्तिकरणका कुरा गर्ने ?

यति भन्दै गर्दा उनको गला अबरुद्ध भयो । यस्ता महिलाका पक्षमा को बोल्छ ? कसले हेर्छ यिनीहरुलाई ? २०३६ सालदेखि अहिलेसम्म धेरै देखियो । लोकतन्त्र, प्रजातन्त्र गणतन्त्र सबै देखियो । कसैले गर्ने वाला छैनन । व्यवस्था परिवर्तन भएपनि महिलाहरुको अवस्था परिवर्तन भएन । अव जे गर्ने हो महिलाहरुले आफै गर्नुपर्छ । तपाई म आफैले गरेनौ भने कसैले गर्ने वाला पनि छैन । रत्नपार्क र गंगबुमा देह व्यापार गर्ने सबै चेलीबेटीहरुलाई खाना खुवाईरहेकी छु । किन ठूलो कुरा गर्ने ? यो हो नेपाल । यही हो हाम्रो अवस्था ।

महिलाहरुलाई पढाउने, लेखाउने र शिक्षित गराउने भन्ने त छदैछ । तर मैले रत्न पार्कमा भेटेका महिलाहरुले धेरै राम्रो स्कुलमा पढेका र शिक्षित र सम्पन्न परिवारका छोरी र बुहारी पनि भेटे । उनीहरुलाई पनि अहिले नाङ्लो पसल हालिदिएका छौ ।

मलाई बाहिरका साथीहरुले भन्थे । अनुराधा तिमीले किन बैदशिक रोजगारी र वा तिम्रो देश बाहिर हुने बेचबिखनका कुरा मात्र गर्छौ । किन बाहिर बेचिएका चेलीहरुको उद्दारका कुरा मात्र गछौ ? तिम्रो देशभित्र पनि त्यो भईरहेको छ ।

तिम्रो देशका रेष्टुरेण्ट, डान्सबारहरुमा चाबहिलदेखि गौशालासम्म हामीले भेटेका बच्चाहरु यति सानो सानो छन् कि उनीहरु पनि देहव्यापारमा लाग्न बाध्य छन् । अहिले खोलेका खाजा बाहिर झुक्याएर लैजाने कुरा त छदैछ । हामी सबै मिलेर देशलाई पहिले सफा गर्नु प¥यो ।

अहिले माईती नेपालभित्र अहिले ३१५ चेलीबेटीहरु छन् । प्रहरीले कोभिड १९ शुरु भएपछि बिभिन्न ठाउँबाट ल्याएका सबै केटीहरु गर्भवती छन् । उनीहरु सबै अबिबाहित हुन् । कतिपय त एकदमै कम उमेरका छन् । १४ वर्ष चेलीहरु छन् । बुवाले बलात्कार गरेका । दाजुले बलात्कार गरेका । मामाले बलात्कार गरेका । यो भन्दा अरु छैन ।

एक ४८ वर्षीय पुरुषले १४ वर्षीय एक चेलीलाई काममा लगाईदिन्छु भनेर गाउँबाट ल्याएर यौन शोषण गरेको घट्ना आएको छ । ती चेली अहिले माईती नेपालमा छन् । जो आफै बच्चा छन् । उनीहरुले नै बच्चा पाएका छन् । उनीहरु यौन शोषणको शिकार भएका हुन् । उनीहरुमा यौन शोषण गर्ने व्यक्तिहरुमाथि कारबाही के त ? दुई तिन महिला समातेर राख्यो । त्यसपछि छुटी हाल्छ । कानुन त छ । त्यसलाई लागु गर्ने कस्ले ?

लक डाउन छ । बोर्डर सील छ । तर चेलीबेटी बेचबिखन रोकिएन । लक डाउनमा सबै चिज बन्द छ । खाद्यान्नका बन्द गाडीहरुमा महिलाहरु ओसारपोसार भईरहेका छन् ।

२०६३ सालमै समान अधिकारको कुरा आयो । नागरिकताको कुरा आयो । संबिधानमा आउछ । र कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्दैन । यो त हामीले लडेर लिने हो ।

नागरिकताको कति ठूलो मुद्दा छ ? मेरो श्रीमानले छोड्यो भन्दै दिनको १५र१६ जना चेलीहरु आउछन् । तर उनीहरुसंग बिबाहित भएपनि नागरिकता हुदैनन । २०६३ मा भएको कुरा आज सम्म पाएका छैनौ ।
यो हाम्रो कमजोरी हो । सम्पत्तीमा पनि समान अधिकार भनेको छ । त्यहाँ पनि समान अधिकार छैन । राजनीतिमा पनि ३३ प्रतिशत सहभागिता भनिएको छ । तर कहाँ छ त ३३ प्रतिशत । कुन पार्टीले दिएको छ ।
अरुले देलान र खाउला भन्ने सोच राख्नु हुदैन । कोईरालाले भनिन,आउनु होस । हामी महिलाहरु हातेमालो गरौ । हिंसा र भेदभाव रहित समाज निर्माण गरौ । चेलीबेटी बेचबिखन रहित समाज निर्माण गरौ । छोरीलाई पढाऔ । छोरीलाई सक्षम बनाऔ ।

नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिनाले संबिधान र कानुनमा महिला अधिकार लेखिएपनि त्यो ब्यबहारमा लागु हुन नसकेको बताईन ।

महिलाहरुका लागि यो देशको संबिधान कागजको खोष्टो भएको छ, उनले भनिन, देशमा अझै महिलामाथि बर्बरता छ । अत्याचार छ । चरम हिंसा यथावत छ । लकडाउनकै अबधिमा नौ सयको हाराहारीमा महिलामाथि बलात्कार तथा यौनजन्य हिंसाका घट्नाहरु बाहिर आएका छन् ।

गैर आवासीय नेपाली संघ युरोपकी महिला संयोजक योगिता थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, गैर आवासीय नेपाली संघ युरोपका संयोजक नारायण आचार्य, गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदकी संयोजक भुमा लिम्बु, गैर आवासीय नेपाली संघकी महिला उपाध्यक्ष रविना थापा, चर्चित नायिका तथा सामाजिक अभियन्ता मनिषा कोईराला, प्रहरी उपरीक्षक किरण बज्राचार्य, महिला उद्यमी, ओपेलकी निर्देशक श्रीषा पौडेल लगायत सहभागी थिए ।

कार्यक्रममा बिभिन्न देशका महिला संयोजकहरुले आफ्नो कार्यकालमा गरेका कार्यहरुको प्रगती बिबरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन ईन्द्रलक्ष्मी घिमिरेले गरेकी थिईन ।