७ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद अवरोध जारी राख्ने एमाले संसदीय दलको निर्णय

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०७:०९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । सिंहदरबारमा पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । त्यत्ति मात्र होइन, प्रतिगमनको विरुद्ध एमालेले काठमाडौंमा पुस १७ गते विशाल आमसभाको समेत आयोजना गर्ने निर्णय गरेको छ ।
दलहरुबीच सहमति गराउन सभामुख ओन्सरी घर्तीले आज शीर्ष पार्टीका सचेतकहरुलाई छलफलका लागि बोलाउनु भएको छ । एमाले संसदीय दलको यस्तो निर्णय सार्वजनिक भएसँगै सभामुखले सहमतिका लागि बोलाएको बैठक पनि कुनै औचित्य नहुने बताइएको छ ।
एमाले संसदीय दलको यो निर्णयसँग देश मुठभेडतर्फ अघि बढेको विश्लेषण गरिएको छ । शीर्ष दलको सहमतिमा आज नै संविधान संशोधनको विधेयक छलफलका लागि टेबुल गर्ने संसदको कार्यसूचिमा थियो । तर एमालेले उक्त विधेयकलाई अघि बढ्न नदिने निर्णयसँग संसदको कार्यसूचि पनि अन्योलमा परेको छ ।