८ बैशाख २०८१, शनिबार
Follow Us

सबै तहका परीक्षा सञ्चालनका लागि सरकारले दियो स्वीकृति

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७७, बुधबार ०९:४५

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ ।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि स्वीकृति दिएको बताए । मन्त्री ज्ञवालीले परीक्षा सञ्चालनका लागि सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड भने पूरा गर्नुपर्ने बताए ।

त्यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि लोकसेवा आयोगको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय भएको बताए । उनले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्ति सम्बन्धी प्रक्रियालाई निरन्तरता दिने निर्णय भएको बताए ।

त्यस्तै चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए ।

कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै प्रवक्ता ज्ञवालीले यसपालि टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए । मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकमा अवैतनिक वाणिज्य दूतहरुको नियुक्ति तथा पदोन्नति गर्ने निर्णया गरेको पनि ज्ञवालीले जानकारी दिए ।