७ बैशाख २०८१, शुक्रबार
Follow Us

छाउपडी मुक्त अछाममा एक महिनामै दुई किशोरीको मृत्यु

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०७:१३

काठमाडौं । अछाममा छाउ गोठमा सुतेकी किशोरीको मृत्यु भएको छ । गाज्रा गाविस–७ की १५ बर्षीया रोशनी तिरुवाको छाउ गोठमा सुतेको अवस्थामा मृत्यु भएको हो । शनिबार राति ६ बजे खाना खाइ घर नजिकैको छाउ गोठमा सुत्न गएकी उनी आइतबार बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत भेटिएकी हुन् । यसअघि मंसिर ४ गते अछामकै तिमिल्सैन गाविस–७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउ गोठमै मृत्यु गएको थियो । रोशनी राष्ट्रभाषा माबि गाज्रामा कक्षा नौ मा अध्ययनरत थिइन् । गाज्रा छाउपडी गोठमुक्त घोषणा गरिएको गाविस हो । ओछ्यानमै मृत भेटिएकी रोशनीको शरीरमा कुनै घाउ चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । जाडोमा आगो बाल्दा धुँवामा निसासिएर वा चिसोले कठ्याँग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । दश बर्षको तथ्यांकअनुसार अछाममा छाउ गोठमै ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।