१३ बैशाख २०८१, बिहीबार
Follow Us

जिप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७७, बुधबार ११:४७

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिको लोडनीमा यात्रुवाहक जीप दुर्घटना हुदाँ वडाध्यक्षसहित पाँच जनाको ज्यान ज्यान गएको छ । लोडनीमा दुर्घटना भएको जीपमा जुनीचाँदे गाउँपालिका वडा ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको ज्यान गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार, भे १ ज ९ सय ३५ नम्बरको जीप दुर्घटना भएको छ । ५ जनाको ज्यान गएको र २ जना वेपत्ता रहेका छन । स्थानीयको अवरोद्धका कारण प्रहरी प्रशासनलाई खोजी गर्न समस्या भईरहेको रहेको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले प्रारम्भिक जानकारी आएको बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको थियो ।