१२ बैशाख २०८१, बुधबार
Follow Us

बिस दिनदेखि वन्द गुल्मी आजबाट फिर्ता

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०७:४१

तम्घास । बिस दिनदेखि वन्द गुल्मी आजबाट खुलेको छ । सरकारले संबिधान संसोधन प्रस्ताव दर्ता गरेपछि त्यसको विरोधमा हुँदै आएको अनिश्चितकालिन आन्दोलन फिर्ता भएपछि आजवाट गुल्मी खुलेको हो । संयुक्त आन्दोलन संघर्ष समितिले आज विहान एघार बजेपछि बन्द फिर्ता गर्ने निर्णय गरेको थियोे । संघर्ष समितिले बन्द फिर्ता भएपनि जिल्ला प्रशासन कार्यालयमा धर्ना भने जारी राख्ने जनाएको छ । पाँच नम्बर प्रदेशमा सबै जिल्लामा एकै किसिमको आन्दोलन घोषणा भएकाले जिल्ला स्तरमा थप कार्यक्रम आवश्यक नरहेको भन्दै बन्द फिर्ता गरेको हो । गुल्मीमा मंसिर १५ गतेदेखि निरन्तर रुपमा बन्द धर्ना र प्रदर्शनहरु हुँदै आएका छन् ।