११ बैशाख २०८१, मंगलवार
Follow Us

एकैदिन थपिए ३ हजार ४ सय ३९ संक्रमित, सक्रिय संक्रमित २५ हजार नाघे

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७७, बुधबार ११:४८

काठमाडौं । बुधबार कोरोना भाइरसका थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । १४ हजार २०९ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । बुधबार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना रहेका छन् भने होम आइसोलेसनमा जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ सय २६ जना मात्र संक्रमित कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

उपत्यकामा १६८४ संक्रमित
काठमाडौँ उपत्यकामा आज १५३१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा १२९६, भक्तपुरमा ९५ र ललिपुरमा २९३ जना रहेका छन् ।

थप १५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको मन्त्रालयले बताएको छ ।

आज ११ सय २६ जना कोरोना मुक्त
बुधबार ११ सय २६ जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज ११ सय २६ जना कोरोना मुक्त भइ घर फर्केक संगै देशभरबाट ६८ हजार ६ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनसार हाल २५ हजार ७ सक्रिय संक्रमित रहेका छन् । यस्तै हाल संस्थागत आइसोलेशनमा १० हजार ५ सय ९६ र होम आइसोलेशनमा १४ हजार ४ सय ११ जना रहेका छन् । मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ७२.९ प्रतिशत कोरोना मुक्त भएका छन् ।