१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली एकाउण्टेन्टहरुले आतिथ्य व्यवसायीहरुसंग अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७७, बुधबार १९:३५

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युके, ले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले प्रश्न उत्तरको कार्यक्रम सहित वेबिनार आयोजना गर्न लागेको एसोसियसनका अध्यक्ष सरोज सापकोटाले बताए ।

कार्यक्रम आउंदो आइतबार (११ अक्टोबर) बिहान ११:३० बजे जूम मार्फत आयोजना गरिने छ र विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने छ।

“आतिथ्य उद्योगका वर्तमान चुनौती तथा अवसरहरु” विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफुहरुले अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले सो अन्तरक्रियामा आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि बताए।

यस अघि नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि कोभिड-१९ बाट परेको असरबाट व्यापार व्यवसायलाई कसरी जोगाउने र ब्रिटिश अर्थ मंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका बारेमा छुट्टा छुट्टै वेबिनार गरेको थियो।

सो कार्यक्रम नेप्लिज क्याटरर्स एसोसियसन युके तथा नेप्लिज सेफ एसोसियसन युकेसंगको सहकार्यमा आयोजना गरिन लागेको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले जनाएको छ।