१३ बैशाख २०८१, बिहीबार
Follow Us

११ हजारलाई श्रम स्वीकृति

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७७, बिहीबार ०२:२१

काठमाडौ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका बीच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै गएको छ । गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेदेखि नयाँ श्रम स्वीकृति दिन सुरु गरेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति खुला भएयता १० हजार ७८७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७६४ जना महिला छन् । पुनः श्रम स्वीकृति लिने करिब १० हजार छ सय र नयाँ श्रम स्वीकृति लिने झण्डै दुई सय जना रहेको पनि विभागले जनाएको छ । ५० भन्दा बढी देशमा जान श्रम स्वीकृति लिइएको जनाइएको छ ।

विभागका अनुसार गत असारमा दुई हजार ४९४ जनाले र साउनमा दुई हजार ९७९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै भदौमा एक हजार ५२५ जनाले र असोज २० गतेसम्म तीन हजार ७८९ जनाले श्रम स्वीकृति लिएका छन् ।