१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दावा र वानिकाको ‘हिजो जस्तो लाग्छ’

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७७, शुक्रबार ०५:१२

काठमाडौं । गायक दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको ‘हिजो जस्तो लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ। भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। २०६५ सालमा गायक गुरुङ ‘भन्दिन म तिमीलाई’ बोलको गीत बाट ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गुरुङको च्यानल ‘सिङ्गर दावा गुरुङ अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो। दशैँको अग्रिम शुभकामना सहित गायक गुरुङले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन गायक गुरुङले सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।