१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मैत्रीपूर्ण खेल : वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७७, शुक्रबार ०५:२१

लन्डन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति वेल्सविरुद्ध इङ्ल्याण्ड विजयी भयो । वेम्वलीमा भएको खेलमा इङ्ल्याण्डले वेल्समाथि ३–० को सहज जीत निकालेको हो । यो खेलको आकर्षण डोमिनिक कल्भर्ट लेबिन रहे । पहिलो पटक राष्ट्रिय टोलीमा उनी सहभागी भएका थिए । उनले डेब्यु खेलमा गोल गरे ।

उनले यो सिजनको प्रिमियर लिगमा १० गोल पूरा गरिसकेका छन् । प्रिमियर लिगमा फर्ममा देखिएका फरवार्डले एभर्टनबाट ९ गोल गरिसकेका छन् । २६ औं मिनेटमा गोल गर्दै कल्भर्टले इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । कोनोर कोएडीले ५३ औं मिनेटमा इङ्ल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे ।

डेनी इग्सले ६३ औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डलाई सहज जित दिलाए । इङ्ल्याण्ड पछिल्ला ८ खेलमा वेल्ससँग अपराजित थियो ।

यस्तै गएराति नै भएका अन्य खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २–१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १–१ को बराबरी खेलेका छन् ।