१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अफ्रिका क्षेत्रिय बैठकको तयारी पुरा

नेपालब्रिटेन डट कम्
४ पुष २०७३, सोमबार ०८:४१

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका संयोजक सुनिल कार्कीले आगामी डिसेम्बर २४ र २५ मा हुने एनआरएनए अफ्रिकाको दोस्रो क्षेत्रिय बैठकको तयारी पूरा भइसकेको बताएका छन् ।
उक्त बैठक एनआरएनए तान्जानियाको आतिथ्यता तथा नेपाली दूतावास दक्षिण अफ्रिकाको सहकार्यमा गरिन लागेको हो ।
उक्त बैठकमा अफ्रिकामा रहेका एनआरएनएका १५ शाखामध्ये नौ भन्दा बढी शाखाबाट सहभागी हुने र केन्द्रबाट एनआरएनए प्रमुख संरक्षक जीवा लामिछाने, सल्लाहकार टिवी कार्की, उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन श्रेष्ठ, कोषाध्यक्ष हिक्मत थापा र अष्ट्रेलियाबाट आइसीसी सदस्य निरज श्रेष्ठ र नेपालबाट नागरिक दैनिका पत्रकार मणि दाहाल र कान्तिपुर साप्ताहिकका सुवास ढकाल सहभागी हुने बताइएको छ ।
तान्जेनियाको राजधानी दार–ए सलाममा २ दिन सम्म चल्ने उक्त सम्मेलनमा एनसीसी र केन्द्रबाट झण्डै ७० देखि ८० जना सहभागी रहने छन भने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राई पनि सहभागी हुने छन् । साथै एनआरएनए अध्यक्ष शेष घले भने लाप्राकको नमुना वस्तिको व्यवस्तताले जाने÷ नजाने टुंगो नभएको संयोजक कार्कीले बताए ।
सन २०१४ मा सम्पन्न पहिलो सम्मेलनमा नेपालमा बैदेशिक लगानीका अवसर पहिल्याउने र अफ्रिकामा नेपालबाट बढ्दो मानब तस्कर रोक्ने मूल विषय रहेको थियो भने दोश्रो सम्मेलनमा अफ्रिकामा रहेका नेपालीहरुको समस्या, नेपाली दूतावास र निकायको न्युन उपस्थितिका कारण देखिएका समस्या, गैरकानुनी मानब ओसारपसार, अफ्रिका राहतकोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान प्रदान लगायतका विषयमा छलफल गरिने कार्कीले जानकारी दिएका छन् ।
त्यसैगरी क्षेत्रिय बैठकमा सहभागी हुने अतिथि तथा सहभागीहरुले होटल बुकिङ तथा अन्य व्यवस्थाका लागि निम्न नम्बर र इमेलमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

सुनिल कार्की [email protected], M- +254 710 958 905)
रोशन थापा [email protected], M- + 255 656 580 111)
भिमसेन क्षेत्री [email protected], Contact number :+255 658 092 789 )