१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोना पुष्टि भएका व्यक्ति हिड्डुल गरेको पाइए ६ महिना जेल !

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७७, शुक्रबार ११:५९

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका व्यक्ति हिड्डुल गरेको पाइएमा ६ महिना जेल सजाय हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले केही व्यक्तिहरु आइसोलेसनमा नबसेको पाइएको भन्दै त्यस्तो व्यक्तिलाई ६ महिना जेल सजाय हुने बताए । उनले संक्रमित पाइएका व्यक्तिलाई घरपरिवार र छिमेकी अनुगमन गरी खबर गरिदिन आग्रह गरे ।

पोजेटिभ रिपोर्ट आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडडुल गर्ने, अरुलाई भेट्ने गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म जेल सजाय हुने उनको भनाई छ । त्यस्ता व्यक्तिलाई कारबाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको उनले बताए । प्रवक्ता डा. गौतमले शंका लागेर पीसीआर परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् ।