१३ बैशाख २०८१, बिहीबार
Follow Us

तत्काल अनसन अन्त्य गर्न डा. केसीलाई सरकारको आग्रह

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७७, शनिबार १२:०४

काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ । सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार विज्ञप्ति जारी गर्दै अनसन अन्त्य गर्न आग्रह गरेको छ । जारी गरिएको विज्ञप्तिमा डा. केसीको मागबारे सरकारको धारणासमेत व्यक्त गरिएको छ ।

सरकारी वार्ताटोलीले आज विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका अधिकांश माग कार्यान्वनको चरणमा रहेको र केही अध्ययनको क्रममा रहेको भन्दै कोरोनाको विद्यमान विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल अनसन अन्त्य गर्न आग्रह गरेको छ ।